सरकारको एचआइभी नियन्त्रण कार्यक्रम खासै प्रभावकारी भएन
काठमाडौँ ३२, असार । भारतमा काम गरी फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा एचआइभीको वृद्धिदरमा उल्लेखनीय परिवर्तन आउन सकेको छैन ।
सन् २०१०मा सो दर शून्य दशमलव ८ रहेकामा आठ वर्षको अन्तरालमा सो दर शून्य दशमल ५ मा मात्र झरेको छ । सन् २००८ मा सो दर ३ दशमलव ३ रही उच्चबिन्दुमा रहेको थियो ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा अछाम, डोटी, कैलाली र कञ्चनपुर गरी चार जिल्लाका ४०० महिलामा गरिएको सर्वेक्षणले सरकारका एचआइभी नियन्त्रणका कार्यक्रम खासै प्रभावकारी नभएको देखाएको हो ।
अर्काेतर्फ महिला यौन व्यवसायीहरुमा एचआइभी वृद्धिदरमा भने सर्वेक्षणले केही सुधारको संकेत देखाएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरीसहित धादिङ, मकवानपुरलगायतका २२ जिल्लामा गरिएको सर्वेक्षणले सन् २०१५ मा शून्य दशमलव ८ रहेको सो दर सन् २०१८ मा शून्य दशमलव ७ मा झरेको देखाएको छ ।
केन्द्रका उपमहानिर्देशक डा पुरुषोत्तमराज सेँढाईले एचआइभीको रोकथामका लागि बनेका नीति, योजना तथा कार्यक्रमको अवस्था र एचआइभीको अवस्था बुझ्न सर्वेक्षणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सर्वेक्षणले पुरुष समलिङ्गी-तेस्रोलिङ्गीमा एचआइभीको वृद्धिदर ८ दशमलव २ मा झरेको देखाएको छ । झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी आठ जिल्लाका ३४० जनामा सो सर्वेक्षण गरिएको थियो ।
कार्यक्रममा केन्द्रका जनस्वास्थ्य अनुुुसन्धान अधिकृत वीरबहादुर रावलले एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको जानकारी दिए।
केन्द्रले सन् २००३ देखि यस किसिमको सर्वेक्षण गर्दै आएको छ । भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीहरुमा एचआइभीको वृद्धिदरमासमेत सुधार हुँदै आएको देखाएको छ । सार्वजनिक सर्वेक्षणका अनुसार उनीहरुमा शून्य दशमलव ३ प्रतिशत सो दर रहेको भेटिएको छ । यसैगरी भारतमा काम गरेर फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा सो दर शून्य दशमलव ५ र महिला यौनकर्मीमा शून्य दशमलव ७ रहेको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...