ताजा समाचार

दुर्घटना बढेपछि उपत्यकामा टाइम कार्ड लागू, ट्रिपरलाई दिउँसो निषेध

काठमाडाैं १, साउन । पछिल्लो समयमा सवारी दुर्घटनामा परेर मानिसको ज्यान जान थालेदेखि सरकारले आजदेखि लागु हुनेगरि उपत्यकामा मालवाहक सवारीलाई टाइम कार्ड लागु गरेको छ । भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू भएको हो ।

ट्रिपरले मानिसको ज्यान भयावह रुपमा लिन थालेपछि सरकारले यो कदम चालेको हो । अब ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नु पर्नेछ। तोकिएकोभन्दा बढी गतिमा सवारी चलाएमा कारबाही हुनेछ ।

यस्तै, आजैदेखि लागु हुने गरि ट्रिपरलाई दिउसोको समयमा प्रतिबन्ध लगाइएको छ । दुर्घटना बढेपछि गृह मन्त्रालयले राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र उपत्यकामा टिपर चलाउन दिने व्यवस्था गृह मन्त्रालयले गरेको हो।

ट्राफिक प्रहरी महाशाखाले आजदेखि लागू हेनगरी टाइम कार्डको व्यवस्था गरेको हो। यस्तै अब जगाते–कोटेश्वर सडकमा बायाँतर्फ मालवाहक र सार्वजनिक सवारीसाधन तथा दायाँतर्फ मोटरसाइकल, कार, ट्याक्सी, पर्यटकीय बस, कूटनीतिक नियोगका बस सञ्चालन हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org