ताजा समाचार

चक्रपथभित्र रातको समयमा मात्र टिपर सञ्चालन गर्न पाइने

काठमाडौँ, १ साउन । आजदेखि बेलुका ८ देखि बिहान ५ बजेसम्म चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org