ताजा समाचार

छिनछिनमा रोकिन्छ सिसडोल सडक

काठमाडौं ३, साउन । नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट पुग्ने सडक छिनछिनमा अवरुद्ध हुँदा राजधानीको फोहोर उठ्न सकेको छैन ।

असार १५ गते बाट बिग्रिएको सडक बुधबार दिनभर नै अवरुद्ध बन्यो । आजको कान्तिपुरको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

सडक मर्मतपछि साँझपख केहि टिपर फोहोर खसालेर काठमाडौं फर्केको ओखरपौवा प्रहरी चौकीले जनाएको छ ।

फोहोर पहाडमाथि बनाइएको सडक छिनछिनमा अवरुद्ध भएको हो ।

‘फोहोरको पानीले उकलो सडकमा टिपर चढ्न सक्दैन’ ओखरपौवा चौकीका असई पशुपति पाठकले भने, ‘पानी परेपछि झनै चिप्लो हुन्छ, सडक भासिने र भ्वाङ पर्ने भइरहेको छ ।’

फोहोर बोकेर बिहानै सिसडोल पुगेका टिपरहरु साँझ मात्रै फर्किए । समयमा अनलोड गर्न नसक्दा विभिन्न संघसंस्थाले राजधानीको फोहोर उठाउन छाडेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org