ताजा समाचार

डा. केसी समर्थक सरकार बिरुद्द उत्रिए तालिवानि शैलिमा (भिडियो सहित)

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्नेहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

 

कांग्रेसका कार्यकर्तालार्इ संयमतापुर्वक प्रदर्शन गर्न आग्रह गरिरहेका सुरक्षाकर्मीमाथि तालिवानि शैलीमा आक्रमण गर्दा डिएसपीसहित १४ जना प्रहरी घाइते भएका छन । कांग्रेस कार्यकर्ताको आक्रमणमा परी बानेश्वरमा आज डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका हुन ।
घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ । एक्कासी आक्रमणमा उत्रिएपछि प्रहरीले जवाफी कार्वाही गर्दा प्रदर्शनकारीतर्फसमेत घाइते भएका छन । सडक आन्दोलनमा उत्रिएका कांग्रेस कार्यकर्ताले पार्किङमा राखेको सरकारी सवारी साधनदेखि निजी घर र होटलमा समेत ढुंगा प्रहार गरी क्षती पुर्याएका छन ।

 

डाक्टर केसीको जीवन रक्षाको नारा दिँदै कांग्रेस कार्यकर्ताले सुरक्षाकर्मी, पार्किङमा राखिएको निजी घरलाई निसाना बनाएका हुन । प्रदर्शनकारीले टिकापुर घटना दोहोर्याउने नियतका साथ अन्धानधुन्ध आक्रमण गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

भिडियो नयाँ पत्रिका बाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org