स्थानीय तहमा उजुरी मेलमिलापमार्फत टुंगिने गरि न्यायिक समितिमा परे ८४ उजुरी
उर्लाबारी, मोरङ, ६ साउन । उर्लाबारी नगरपालिका, न्यायिक समितिमा गत आर्थिक वर्ष २०७४÷७५ मा ८४ उजुरी परेका छन् ।
स्थानीय तहमा अधिकांश उजुरी मेलमिलापमार्फत टुंगिने गरेका छन् । ती उजुरीमध्ये ३५ वटा मेलमिलाप भएको, ४६ वटा मेलमिलाप हुन नसकेको र तीन वटा उजुरी प्रक्रियामा छन् । नेपालको संविधानको भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा १ मा कानूनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न नगरपालिका वा गाउँपालिका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरिएको छ ।
नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीका अनुसारसमितिमा गत आर्थिक वर्षमा आठ उजुरी सम्बन्धविच्छेदसम्बन्धी छन् । तीमध्ये पाँच वटामा मेलमिलाप गराइएको छ भने तीन वटा मिल्न सकेनन् । त्यस्तै खान लाउन पाऊँ भन्नेसम्बन्धी एउटा उजुरी परेकामा त्यो प्रक्रियामा छ । जग्गा विवादसम्बन्धी १८ उजुरी परेकामा नौ वटा मेलमिलाप भएका छन् भने त्यति नै उजुरी मिल्न सकेनन् ।
यसैगरी आर्थिक लेनदेनका विषयमा २३ उजुरी परेकामा छ वटा मेलमिलाप भएका छन् भने १७ वटा मिल्न सकेनन् । समितिमा अंश विवादसम्बन्धी १२ उजुरी परेकामा पाँच वटा मेलमिलाप भएका छन् भने सात मुद्दा मेलमिलाप हुन सकेनन् । घर निर्माणमा अवरोध, बाटो मिचाइ, बाटो भत्काएको, छिमेकीबाट दुर्गन्ध बनाइएको, गालीगलोजलगायत २३ उजुरी परेकामा १० वटा मेलमिलाप भएका छन् भने १३ वटा मिल्न सकेनन् ।
समितिले तालीमप्राप्त मेलमिलापकर्ताको सहयोगमा वडाध्यक्ष तथा सदस्यको रोहवरमा पहिलो चरणमा वडा तहमै छलफल गराउने गरेको छ । समितिमा उपप्रमुख भण्डारी संयोजक तथा वडा नं ७ का सदस्यद्वय निरोज तिम्सिना र शोभितमाया तामाङ सदस्य रहेकी छन् । अदालतको न्याय महँगो र लामो भएकाले पनि नागरिकलाई स्थानीय तहबाट निःशुल्क र छिटोछरितो न्याय पाउन सहज भएको उपप्रमुख भण्डारीले बताइन।
उनका अनुसार समितिमा मेलमिलाप हुन नसकेमा मात्र जिल्ला अदालतमा जान सुझाव दिइनेछ । स्थानीय तहमा न्याय निरुपणका लागि छुट्टै इजलास हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि उपप्रमुखको कार्यकक्षमै मुद्दाको छलफल हुने गरेको छ ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...