ताजा समाचार

काङ्ग्रेसले मनायो विपि स्मृति दिवस, देउवाले गरे विदेश भ्रमण रद्द

काठमाडौं ६, साउन । कांग्रेसले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा बोल्दै नेताहरुले विपिको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो गरे ।

विपिको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको भन्दै उनीहरुले त्यसतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

“हामी प्रजातन्त्रवादी हौं । हिजो पञ्चायतसँग लड्यौं । राणासँग लड्यौं । कम्युनिष्टसँग लड्न परे हामी लड्ने छौं । कम्युनिष्टसँग लड्नका लागि सबैलाई एकजुट हुन आग्रह गर्दछु,’’ उनले भने ।

डा. गोविन्द केसीले उठाएका माग जायज भएको दाबी गर्दै कांग्रेस सभापति देउवाले केसीका माग सरकारले पूरा गर्नुपर्ने माग दोहोर्याए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विकसित राजनीतिक घटनाक्रम देखाएर आफ्नो विदेश भ्रमण रद्द गरेका छन् ।

कांग्रेस मुख्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा केहि दिन यता विकसित राजनैतिक परिस्थितिलाई मध्यनजर राखी देउवाले आफ्नो ७ दिनको विदेश भ्रमण स्थगित गरेको उल्लेख छ ।

देउवा जापान र सिंगापुर भ्रमणका लागि आज त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम थियो ।

डा.गोविन्दै केसी प्रकरणलगायतका विषयमा विपक्षी दल कांग्रेस सडक आन्दोलनको घोषणा गरेको छ ।

हिजोमात्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप भएको थियो ।

हिजो नै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी अनसनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका थिए ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चासो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताएका थिए ।

सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेपनि वार्ता हुन सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org