ताजा समाचार

कानुनमन्त्रीले माफी माग्ने, छात्रामाथिको गरेको टिप्पणी गलत

काठमाडाैं ६, साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्ने छात्राहरुको बारेमा दिएको अभिव्यक्ति गलत भएको भन्दै माफी माग्ने बताएका छन् ।

राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए। उनले ‘डाक्टर पढ्न बंगलादेश जाने छोरी-चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन् ।

उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउन खोजेको जनाएका छन् । सँगसँगै, भाषणमा आफूले दिएको अभिव्यक्ति गलत भएको पनि उनले बताए।

यसअघि झापा, बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पनि बंगलादेश जाने छात्राहरु बंगलादेशमा आफ्नो शरीर सुम्पेर मात्र डाक्टरी पास हुने गरेको भन्दै विवादित टिप्पणी गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org