ताजा समाचार

अब १२० दिनको रोजगार सुनिश्चित: एक परिवार, एक रोजगार नपाए ६० दिनको तलब !

काठमाण्डाैँ ७, साउन । सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिमा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।

अाजकाे काराेबार दैनिकमा याे खबर छ – न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्ती रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org