ताजा समाचार

संवादहीनता तोड्दै शिक्षा मन्त्रालयमा सरकार र केसी पक्षबीच वार्ता सुरु

काठमाडौं ८, साउन । सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालय, सिंहदरबारमा वार्ता सुरु भएको छ ।

बालुवाटारमा दिउँसो बसेको प्रधानमन्त्रीसमेतको बैठकले चिकित्सा शिक्षा विधेयकमा के–के बुँदा संशोधन गर्न सकिन्छ भन्नेबारे सरकारी टोलीलाई ‘म्यान्डेट’ दिएपछि दुई पक्षबीच औपचारिक वार्ता हुन लागेको हो ।

केसी अनसन सुल्झाउन नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग विधेयकमा संशोधन गर्न सकिने बुँदाबारे सोमबार राति र मंगलबार बिहानभरि छलफल गरेका थिए ।

ने क पाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे गएका छन् ।

यसअघि सरकारले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठन गरेको वार्ता टोलीसँग गोविन्द केसीले वार्ता नगर्ने अडान राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org