टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय
काठमाडौँ ९, साउन । गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन गर्ने भन्ने कार्यविधि तयार नहुँदा निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् ।
गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते नै हस्तान्तरण गरी सञ्चालन गर्न सक्ने गरी स्मारक तयार भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवम् भवन महाशाखा प्रमुख मणिराम गेलाल स्मारक सञ्चालन कार्यविधिको मस्यौदा तयार नभएकाले सञ्चालनमा ढिलाइ भएको स्वीकार्छन ।
“स्मारक जेठ पहिलो साता नै तयार भए पनि आर्थिक वर्षको अन्त्य भएकाले कार्यविधिको मस्यौदा गर्न सकिएन, कार्यविधि मस्यौदा गरेर चार महिनासम्ममा शहरी विकास मन्त्रालयमा पेश गर्छौं, निर्णय भएपछि स्मारक सञ्चालनमा आउँछ”, उनले भने ।
कार्यविधिमा सञ्चालन गर्न कसलाई दिने, कसरी सञ्चालन गर्ने र स्मारकभित्र के के राख्ने आदि विषय समावेश गरिने विभागले जनाएको छ । स्मारकको आन्तरिक सजावटको बोलपत्रसमेत भएको छैन । विभागले रु ४२ करोडको लागतमा नारायणहिटी दरबार संग्रहालयको ३५ रोपनी क्षेत्रफलमा स्मारक निर्माण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचा सहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । शहीदको भावना सम्झने स्थलका रुपमा स्मारक निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर मचाकाजी महर्जनले राससलाई जानकारी दिए ।
स्मारकमा अंगभंग भएका, बेपत्ता पारिएका, ज्यान गुमाएका र हराएका चार किसिमका प्रतीकात्मक स्तम्भ तयार भएको छ । तयार भएका संरचनाको मर्मत एवम् बाह्य सजावटका काम भइरहेको निर्माणको जिम्मेवारी पाएको विकोई-स्काई-बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए ।
स्मारकसँगै निर्माण गर्ने घोषणा गरिएको गणतन्त्र स्तम्भ बन्ने अझै टुंगो छैन । स्तम्भ निर्माण गर्न रु दुई अर्ब लागत लाग्ने अनुमान गरिएकाले अहिले आधारभूत आवश्यकतामा पर्न नसकेको हुनसक्ने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर महर्जनले बताए । स्तम्भका लागि चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छैन ।
मन्त्रिपरिषद्ले त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगैको जग्गामा स्तम्भ निर्माण गर्ने निर्णय गरेको थियो । स्तम्भको ड्रइङ डिजाइन तयार भए पनि बजेटको अभावमा काम अघि बढ्न नसकेको विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...