ताजा समाचार

सरकार र डा. केसीबीच ७ बुँदे सहमति, आजै अनशन तोडिने

काठमाडाैं १०, साउन । अनशनरत डा. गोबिन्द केसी र सरकारबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको वार्तापछि सरकार–केसी पक्षबीच ७ बुँदे सहमति भएको हो। प्रधानमन्त्री आेलीले सक्रियता देखाएसंगै सकारात्मक दिशातर्फ बढेको वार्ता अन्तत: केसीको २७ आै दिनमा पुगेको अनशनलाई तोडाउन सफल भएको हो ।

डा. केसी पक्ष र सरकारबीचको वार्ता सहमतिमा पुगेको ने क पाका उपनेता सुवास नेमवाङले जनाएका छन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए ।

सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org