ताजा समाचार

प्रधानन्यायाधीशको सुनुवाई भोली हुने, सांसदलाई जोशीले साथी भनेपछि…

काठमाडाैं १०, साउन । प्रधानन्यायाधिस दीपकराज जोशीको सुनुवाई सकिएपनि नियुक्तिको निर्णय भने भोली सुनाइने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जनाएका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले साथीहरु भनेर सम्बोधन गरेपछि नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङले तत्कालै आपत्ति जनाएका थिए । गुरुङले भने, ‘साथीहरु भनेर कसलाई भन्नुभएको हो ? हामी जननिर्वाचित सांसद हौं। साथी शव्द फिर्ता लिएर माननीय भनेर सम्बोधन गर्न आग्रह गर्छु ।’

तर, जोशीले उक्त शब्द फिर्ता लिन चाहेनन् । आफू सम्माननीय नभइसकेकोले माननीय रहेको र सांसदहरु पनि माननीय भएकोले ‘साथी’ भनेको स्पष्टिकरण दिएका थिए ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए  ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org