ताजा समाचार

मन्त्रिपरिषदले गर्यो बलाधिकृत रथी पूर्णचन्द्र थापालाई राष्ट्रपतिसमक्ष कामु प्रधानसेनापतिमा सिफारिस

काठमाडाैं १०, साउन । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

थापाले सैन्य मुख्यालयको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नु हुनेछ । प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । अवकाशपूर्व एक महिना अगावै विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखि नै विदामा बस्ने सैनिक मुख्यालयको भनाइृ छ ।

सोहीअनुसार सरकारले थापालाई कायम मुकायम प्रधानसेनापतिका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो । सरकारले थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय भएको हो ।

भदौ २४ पछि थापाले पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org