पूर्णचन्द्र थापा आजदेखि प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै, को हुन पूर्णचन्द्र थापा यस्तो छ उनको नालिबेली !
काठमाडाैं २४, साउन । प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन् । एक महिनाअघि बिदामा बस्ने परम्पराअनुसार उनले साउन २४ गतेदेखि बिदामा बस्ने छन्। सोही दिनदेखि थापाले सेनाको कमाण्ड सम्हाल्नेछन् ।
सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो। बिहीबारको मन्त्रिपरिषद्को बैठकले २४ गतेदेखि लागू हुने गरी थापालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
रथी पुर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरका रुपमा सेनावाट वालानन्द शर्मा,पवनजंग थापा,कृष्ण नारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन् ।२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।
सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ वाहिनीको वाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन् । यसवाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत,सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र कार्यरथी तथा संभाररथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् ।
रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्।थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । त्यसैगरी, उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाईटेड नेशन्स् मिशन ईन नेपाल (जेएमसिसी) अन्तर्रगत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।
लम्जुङको पाखाथोकमा जन्मिएका थापा अवकास प्राप्त प्रमुख सेनानी फणेन्द्र बहादुर थापाका छोरा हुन्।उनका दाजु रोहित थापाले पनि शसस्त्र प्रहरीको एआईजीवाट अवकास पाएका थिए । रथी थापा सुप्रवल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ती पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भइसकेका छन् । रथी थापा हाल बलाधिकृत बिभागमा कार्यरत रहेका छन् ।
Comments
अरु समाचार
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाइते
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज...
-
मनाङमा पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ...
-
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास...