ताजा समाचार

काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाइते

काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८ नम्बरको माइक्रोबस बीपी राजमार्गको कमलामाई नगरपालिका–८ सिस्नेरीमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।

माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार हुँदैछ ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का अनुज सुन्दास, सुन्दरहरैँचा–१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का सिशम घिमिरे, झापाको बिर्तामोड नगरपालिका–५ का समीर तामाङ, इटहरी उपमहानगरपालिका– ६ की विजया तिमल्सिना, मोरङको लेटाङ नगरपालिका–६ का गोपाल नेपाली र मोरङकै लोटाङ–१ का दिपेश राई घाइते भएका छन ।

यस्तै मोरङको मधुमल्ला गाउँपालिका–९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का पनि घाइते भएका छन् ।

पाँचथर याङ्वरक गाउँपालिका–४ का बिक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्ष्मी नगरपालिका–१ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैँचा नरपालिका–१ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका–८ का अतुल कटुवाल र तेह्रथुम छत्तर गाउँपालिका–६ का तिरबहादुर लिम्बु घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org