भुकम्प र पहिरोले भक्तपुरका चार घरपरिवार विचल्लीमा
भक्तपुर, ११ साउन । चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।
भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको ममर्तपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उनी घरबारविहीन बनेका हुन्।
उनीजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उनी विचल्लीमा परेका छन् । “भुइचालोले पुरानो घरमा बस्न नहुने भएपछि जग्गा बेचेर नयाँ घर बनाइएकामा त्यो पनि निर्माण पूरा नहुँदै पहिरोले लाने खतरा भयो,” उनले भने ।
घर अगाडिको डिलमा पहिरो जाँदा पुरीटोलका चार परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर भत्किन सक्ने सम्भावना बढेपछि चारै परिवारलाई सुरक्षित बासका लागि नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको पहलमा जिल्ला शाखाले टेन्ट उपलब्ध गराएको छ ।
पहिरोका कारण घर र आँगनमा चिराचिरा परेपछि प्रति परिवार एकएक वटा टेण्ट उपलब्ध गराइएको उपशाखाका सभापति विदुर नेपालले जानकारी दिए ।
त्रिपलआर परियोजनाअन्तर्गतको च्याम्हसिंह सुडाल सडकको ट्रयाक खन्ने क्रममा बनेको डिलमा पहिरो गएका कारण पुरी टोलका चारै परिवारको घर जोखिममा परेको पीडित धर्मराजले बताए ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...