ताजा समाचार

जनताबाट अस्विकृत भएकाहरुको चुरुफुरी उपयुक्त हुँदैन्: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउन बताए।

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै  जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन्

“संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो,” प्रधानमन्त्री ओलीले भने, “शिर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।”

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गतेसम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताए । “यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपछ,” प्रधानमन्त्री ओलीले भने ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने छ भने ।

बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org