ताजा समाचार

जनगुनासोलार्इ सम्बोधन गर्दै काममा तिव्रता दिन सरकारलार्इ उपराष्ट्रपतिको अाग्रह

काठमाण्डौ, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको गुनासालाई सम्बोधन गर्दै आफ्नो काममा तिव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

२४ औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवाडर्स् एसोसिएसनले आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले सरकारको कामका बारेमा गुनासोहरू आइरहेको भन्दै कामलाई तिव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारको काम गर्ने गति कम भए पाँच वर्षमा विकास र समृद्धिको कामहरू सम्पन्न हुन नसक्ने जिकिर गरे । उनले तेश्रो मुलुकबाट आउने सामानहरू भारतको बन्दरगाह मात्र रहेको भन्दै अन्य विकल्प पनि खोज्नुपर्ने बताए ।

नेपालमा चीन, भारत र नेपालबीचको रेलमार्गका विषयमा अध्ययन भइरहेको भन्दै जलमार्गलाई पनि सरकारले प्राथमिकतामा राख्नु सकारात्मक विषय भएको धारणा राखे । स्वदेशी उत्पादनको गुणस्तरीयतामा ध्यान दिन उद्योगी–व्यवसायीलाई उनले आग्रह गरे ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले पारावहन सन्धिलाई पुनरावलोकन गर्नुपर्ने बताइन् । उनले निजी रेलवेलाई पनि नेपालमा भित्र्याउन पहल गर्नुपर्ने भन्दै यसले आयात निर्यातमा सहयोग पुग्ने जिकिर गरे ।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्यात् र आयातमा कार्गो क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै यस क्षेत्रलाई बृहत पार्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org