ताजा समाचार

वटु भद्रकाली मन्दिरको पुनः निर्माण शुरु

काठमाडौँ १४, साउन । भूकम्पका कारण पूर्णरुपमा क्षति भएको वटु भद्रकाली मन्दिर पुनः निर्माणको लागि आज शिलान्यास गरिएको छ ।

काठमाडौँ महानगरापलिका वडा नम्बर २२ स्थित उक्त मन्दिरलाई कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले गोर्खा भूकम्पका कारण कामपाभित्र क्षति पुगेका सबै सम्पदाहरुको पुनःनिर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले सम्पदा पुनःनिर्माणमा सबैको चासो रहेको भन्दै समयतालिका बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो । एक वर्षभित्र निर्माणको कार्य सक्नेगरी शिलान्यास गरिएको उक्त मन्दिर निर्माणका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रताप मल्लको पालामा निर्माण भएको उक्त मन्दिरसँगै अन्य धेरै ऐतिहासिक सम्पदामा भूकम्पले क्षति पुगेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org