ताजा समाचार

ने क पा र कांग्रेसको चेपुवामा जोशीको ‘भाग्य फैसला’ आज

काठमाडाैं १६, साउन । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीश बन्ने सपनाको फैसला आज दिउसो हुुँदैछ ।

आज दिउँसो साढे तीनबजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले जोशीबारे निर्णय गर्ने छ । तर, जोशीबारे निर्णय हुन केही घण्टा मात्रै बाँकी रहेपनि समितिका सदस्यहरुबीच तालमेल मिल्न भने सकेको छैन ।

नेपालका मिडियाले समेत निरन्तर जोशीलाई खेदिरहेका छन् । उनको शैक्षिक योग्यता र विवादित फैसलाका पाठहरु प्रकाशन गर्दै जोशी प्रधानन्यायाधिश बन्न नसक्ने कारणहरु भन्दै समाचार आइरहेका बेला यता कांग्रेस भने काँध थापेर बसिरहेकोको छ ।

कांग्रेसले देशभर आन्दोलन गर्दै देशका बिभिन्न स्थानमा नारा जुलुस लगायतका कार्यक्रम गरेर सरकार र ने क पाका बिरुद्ध तिखो बाण प्रहार गर्दै जोशीका पक्षमा आवाज उठाइरहेका बेला ने क पा भने जोशीलाई अस्विकृत गरेरै छाड्ने मुडमा पुगेको छ ।

यस्तै, कांग्रेस भित्र पनि जोशीको बारेमा बाहिर आएका जतिपनि कुराहरु छन् त्यसले नेपालको न्याय क्षेत्रलाई नै कलंकित पार्ने भएकाले कांग्रेसले विवेकको प्रयोग गर्नुपर्ने बेला आएको भन्दै आन्तरिक रुपमा आवाज उठेको छ । तर, कांग्रेसका उच्च पदस्थहरु आफ्नो सरकारले गरेका पूर्ववर्ति निर्णयमा सर्वोच्चले गतिलो साथ दिएका कारण जोशीलाई अनुमोदन गराउन पर्नेमा अडिग रहने पक्षमा देखिएको स्रोतको दाबी छ ।

जोशीले अनुमोदन हुनका लागि राजनीतिक लविङ तीव्र बनाएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार राति भेट गरेका थिए । प्रधानमन्त्रीलाई भेटे लगत्तै इजलास तोकेका उनले आफूलाई केहिहदसम्म बलियो देखाउनका लागि पनि लागि परेका छन् ।

अब जोशीबारे आजको बैठकले निर्णय गर्ने जनाइएको छ तर, सर्वसम्मत अनुमोदन या अस्विकृत हुने भन्ने बिषय भने त्यति सहज देखिएको छैन् । पछिल्लो समय राजनीतिमा देखिएको आरोप प्रत्यारोपको श्रृंखलालाई गेर्ने हो भने ने क पा भर्सेस कांग्रेसको लडाई जोशीमाथी पनि देखिने छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org