ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व
बेँसीशहर, लमजुङ १६, साउन । आर्थिक वर्ष २०७४÷७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।
जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो ।
सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप÷कार÷भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु नौ लाख २२ हजार, ट्रक चालकबाट रु सात लाख र बस चालकबाट रु तीन लाख ५१ हजार राजश्व संकलन गरिएको छ ।
गत आवको तुलनामा रु नौ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...