विराटनगर जुटमिल विवाद प्रकरण : भ्रम खेति गर्दै नेपाल पक्ष
विरानगर १७, साउन । नेपालको जेठो उद्योग विराटनगर जुटमिल यतिबेला असहमति र गुटबन्दीको पिल्सिएको छ । जुटमिल संचालन गर्ने सरकारले बताइरहदा मिल्स् आन्तरिक विवाद मा रुमल्लिरहेको छ । अहिले विराटनगर जुटमिलमा दुईजना वसन्त वन र मुकुन्द प्रसाद नेपालले आ–आफ्नो समूहको आधिकारिता भएको भन्दै विभिन्न वक्तव्यबाजी गरिरहेका छन्।
विराटनगर जुटमिलका अध्यक्ष वसन्त वनले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल समूहले आफ्नो विषयमा विभिन्न प्रोपगाण्डा गरेको भन्दै विरोध गरे। उनले नेपाल समूहले सात जनाको संचालक समिति हुँदाहुँदै दुई जनाको बैठक बसेर आफूलाई हटाएको र मुकुन्द नेपाललाई अध्यक्ष बनाएको प्रपोगाण्डा गरेको दाबी गरे।
‘जुटमिलमा विगतदेखि सिन्डिकेट चलाइरहेकाहरूले विभिन्न अफवाह फैलाएर म र जुटमिलमाथि अत्याचार गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अच्युतराज श्रेष्ठबाट खरिद गरि लिएको १५० कित्ता र निलहरि काफ्लेबाट खरिद गरेको २०० कित्ताबाट नेपाल सरकारको ६८ प्रतिशत शेयर कायम गरी बाँकी हुन आएको ७९ कित्ता गरी जम्मा २२९ कित्ता शेयर मेरो नाममा रहेको छ ।’
शेयर धनीको हैसियतमा गत ०७४ वैशाख ४ गतेको विशेष साधारणसभाबाट कायम भएर २०७४ साउन ८ गते आफू अध्यक्ष भएको वनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यता अध्यक्ष आफू भएको दाबी गरिरहेका मुकुन्दप्रसाद नेपालले भने विभिन्न पत्रत्रिकामा सूचना निकालेर वसन्त वन जुटमिलको कुनै पनि पदमा नरहेको कारण जुटमिलको नाममा कुनै पनि कारोबार नगर्न सबैलाई आग्रह गरेका छन्।
‘मिति २०७५ वैशाख २० गतेसम्म यस लिमिटेडका अध्यक्ष रहेका जि. सोलुखुम्बु जुबु–५, स्थायी ठेगाना भई काठमाडौं बस्ने वसन्त वन हालसम्म पनि विभिन्न निकाय तथा व्यक्तिहरूसँग आफू विराटनगर जुट मिल्स लिमिटेडको अध्यक्ष भएको भन्दै विभिन्न व्यवहार गर्दै आउनु भएको सुनिन आएको छ,’ सूचनामा उल्लेख छ, ‘निज वसन्त वन हाल यस विराटनगर जुट मिल्स लिमिटेडको कुनै पनि पदमा नरहनु भएको जानकारी गराउँदै निजसँग विराटनगर जुट मिल्स लिमिटेडको लागि कुनै पनि कारोबार नगर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’
वन २०७५ वैशाख २० गते पछाडि कुनै पनि पदमा नरहेको सूचनामा जिकिर गरिएको छ। उक्त सूचनाको विषयमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा वनले जुटमिल बिक्री गर्न चाहनेहरूले विभिन्न प्रपोगाण्डा गरेको बताए। ‘हाल विराटनगर जुटमिल्समा ७ सदस्यीय समितिमा अध्यक्ष वसन्त वन, संचालक समिति सदस्यहरु मुकुन्दप्रसाद नेपाल, फूलकुमार लालवानी, डा. इन्दीरा पराजुली र देवचन्द्र चौधरी गरी पाँचजना कायम रहेको अवस्थामा नेपाल र लालवानीले बैठक बसेर अध्यक्ष चयन गरिएको हवला दिइएको छ,’ वनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जम्मा सात सदस्यीय संचालक समितिमा दुर्इजनाले गरेको निर्णय कसरी वैधानिक हुन्छ? त्यही निर्णयको आधारमा विभिन्न सूचना र वक्तव्यबाजी गर्नु षड्यन्त्रको पराकाष्ठ हो।’
अहिले अध्यक्ष भएका भनिएका नेपाल कहिले कसरी र कुन प्रक्रियाबाट त्यो जिम्मेवारी पाउनु भएको हो भन्ने कुराको कुनै वैधानिक आधार नभएको वनको दाबी छ। अध्यक्ष वनले आफू आधिकारिक रूपमा शेयर सदस्य रहेको र तत्कालीन प्रबन्धक संचालक निलहरि काफ्ले २०७५ वैशाख १३ गतेको निर्णयबाट हटिसकेको पनि दावी गरे। विराटगर जुटमिलमा भएको अनियमितताको विषयमा सरकारले न्यायिक समिति निर्माण गरेर छानविन गर्ने तयारी गरेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने पनि बताए। विराटनगर जुटमिलमा यसअघि भएको शेयर विवाद हल गर्दै सरकारको ६८ प्रतिशत शेयर कायम गरिएको, जुटमिल्सका सामान मर्मत, विद्युत् जडान र अन्य काम पनि अन्तिम चरणमा पुगेको कारण छिट्टै मिल संचालन हुने पनि वनले दावी गरे।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेल गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...