ताजा समाचार

संसदीय समितिको नियतिमाथि नै संविधानविदहरुको आशंका

काठमाडौं १८,साउन । सविधानविद डा. भिमार्जुन आचार्यले पछिल्लो समयमा संसदीय सुनुवाई विशेष समितिको नियतमाथि नै प्रश्न उठेको बताएका छन् ।

उनले भने, ‘सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पूर्ण अधिकार छ । तर, समितिको अभिव्यक्ति र नियत हेर्दाखेरि न्यायालयलाई नियन्त्रण गर्न खोजिएको छ । यसले समितिको नियतमाथि गम्भीर रुपमा प्रश्न उठेको छ ।’

नेपल बार एसोसिएसनका महासचिव खम्मबहादुर खातीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई सुनुवाइ समितिले न्यायालयलाई होच्याउने गरी प्रश्न सोेको गुनासो पोखे ।

संविधानविद चन्द्रकान्त ज्ञवालीले संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम दुई तिहाइले अस्विकृत गरे त्यो वैधानिक हुने स्पष्ट पारेका छन् । यद्धपी, उनले संघीय ऐन नल्याइकन संसद कार्यविधिमर्फत सुनुवाई प्रक्रिया अघि बढाउँदा प्रश्न उठ्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org