मनकामना पुनर्निर्माण रोकियो
काठमाडाैं छनामा जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्घार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए ।
अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – ‘छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,’ उनले भने, ‘१५ किलो खरिद गरेका थियौँ । त्यो पनि सकियो ।’ उनका अनुसार पुरातत्त्व विभागबाट निकासा भएको चार करोड रुपैयाँले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । ‘काम गर्ने मान्छेले पनि रेस्ट भने । सुन पनि पुगेन,’ उनले भने, ‘अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं । मन्दिरको मात्र काम गर्न अब १५/२० दिन लाग्ला ।’ सबै संरचना तयार भइसकेकाले अब १० जनामात्रै कामदार खटिएका छन् ।
मन्दिर पहिल्यै ६ इञ्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि जगैदेखि पुनर्निर्माण थालिएको हो । मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ । ‘अपुग भएको सुन इस्टिमेटभन्दा बाहिरको हो,’ श्रेष्ठले भने । तल्लो छानामा जलप लगाउने काम लगभग सकिएको उनले बताए । प्रक्रियाअनुसार पुरातत्त्व विभागसँग स्वीकृति लिएर राष्ट्र बैंकबाट सुन खरिद गर्नुपर्छ । ‘असार मसान्तको क्लोजिङले गर्दा पनि सुन ल्याउन सकेनौं,’ श्रेष्ठले भने, ‘अब आइतबार–सोमबारतिर काठमाडौं गएर सुन ल्याउँछौं ।’ बाँकी सुन किन्न डेढ करोड रुपैयाँ लाग्ने अनुमान छ । आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ । छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो ।
‘गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो,’ श्रेष्ठले भने, ‘गजुरमा प्वाल परेको रहेछ, त्यसैले सोचेभन्दा बढी लाग्यो ।’ सबै खर्च विवरण सबै पुरातत्त्व विभागलाई बुझाइने उनको भनाइ छ । आँगनमा ढुंगा छाप्ने र पश्चिम पटि टेवा पर्खाल उठाउनेलगायतका काम पनि बाँकी छ ।
मन्दिर जीर्णोद्घारका लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैयाँ संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ । २०६८ सालमा पुनर्निर्माणका लागि लागत इस्टिमेट गर्दा करिब आठ करोड खर्च लाग्ने अनुमान गरिएको थियो । सामान र कामदारको ज्यालादर महँगिँदा लागत बढेको समितिले जनाएको छ
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...