ताजा समाचार

जोशी प्रधानन्यायाधिश नबन्ने पक्का, सिहंदरबारमा मतदान हुँदै

काठमाडाैं १८, साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिले मतदान मार्फत टुंगो लगाउने भएको छ ।

पटक पटक बसेको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बसेको बैठकले मतदानमार्फत निर्णय लिन लागेको हो । यसका साथै अहिले खाजा खान बन्दै केहि समयका लागि बैठक स्थगित गरिएको छ ।

बहुमत अल्पमतका आधारमा निर्णय हुनेछ भने, १५ सदस्यीय सिमितिमा ने क पाका ९, कांग्रेसका चार, राजप र संघीय समाजवादीका १-१ जना रहेका छन् ।

राजपाले ने क पालाई सधाउने पक्कापक्की भएपछि दुई तिहाई पुग्ने भएका कारण जोशी अस्विकृत हुने पक्का जस्तै छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org