सेयर विवाद सल्टायो विराटनगर जुट मिल्सले
मोरङ १९,साउन । नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्सको सेयर विवाद सुल्टिएको छ । विवाद सल्टाउन सरकारका नाममा ६८ प्रतिशत सेयर कायम गरेपछि मिलको सबै समस्या हल भएको हो ।
लामो समयदेखि रहेको विवादलाई सुल्टाउनका लागि अध्यक्ष वनले मिलमा सरकारको ६८ प्रतिशत सेयर कायम गरेर कम्पनी रजिस्टारको कार्यालयमा अभिलेखिकरणका लागि पठाइ सकेकाले विवाद नरहेको जनाएका छन् ।
पटक पटक विभिन्न बिवादमा रुमलिदै सञ्चालन हुँदै बन्द हुँदै आएको मिल्स् ले २०६५ साल देखिको सेयर विवादलाइ सुल्टाएको छ । सञ्चालक समिति अध्यक्ष वनका अनुसार ‘कुल १ लाख ११ हजार ६ सय ७९ कित्ता सेयरमध्ये सरकारको ६८ प्रतिशत ७६ हजार ४० कित्ता कायम गरिएको छ,’ उनले भने, ‘मिल्सको अधिकृत पुँजी २ करोड, जारी पुँजी १ करोड ८० लाख र चुक्ता पुँजी १ करोड ७८ लाख ७० हजार २ सय ४० रुपैयाँ कायम भयो ।’
सरकारको नाममा ६८ प्रतिशत सेयर कायम गर्न सञ्चालक समितिको २०७५ जेठ ३० गते बसेको बैठकले निर्णय गरी प्रक्रिया पूरा गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाएको बनले बताए । २०७४ असार २४ गतेको विशेष साधारणसभाले २५ हजार कित्ता सेयर बिक्रीको निर्णय गरेको थियो । यो निर्णय अवैधानिक भएकाले खारेज गर्ने निर्णय त्यसपछिको समितिले गरेको थियो ।
०६५ मा मिल्स सञ्चालक समिति अध्यक्ष अशोक पोखरेलले नेतृत्व सम्हालेको केही दिनमा मिल्स बन्द भएको थियो । त्यसपछि सञ्चालन माग गर्दै मजदुर र कर्मचारी आन्दोलनमा उत्रेका थिए । त्यसबेला तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको सम्झौताअनुसार सरकारले सबै कर्मचारी र मजदुरलाई ‘पे–अफ’ गर्ने र मिल्सलाई लिक्विडेसनमा लग्ने निर्णय गरेको थियो ।
मिल्समा कार्यरत १ हजार १ सय ३२ मजदुर र ६५ जना कर्मचारीलाई उपदानसहित अवकाश दिन सरकारका नाममा रहेको ४६ दशमलव ५ प्रतिशतबाट सेयर वृद्धि गरेर ६८ प्रतिशत पुर्याए मात्र पे–अफका लागि ५५ करोड ९६ लाख रुपैयाँ उपलब्ध गराउने सरकारले सर्त राखेको थियो । मिल्सको साधारणसभाले सरकारको सर्त मान्दै ६८ प्रतिशत सेयर कायम गर्ने निर्णय गरेको थियो । सरकारले दिएको ऋण सहयोगले २०६६ माघमा कर्मचारी र मजदुरलाई उपदानसहित मिल्सबाट बिदा गरिएको थियो ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...