ताजा समाचार

सेयर विवाद सल्टायो विराटनगर जुट मिल्सले

मोरङ १९,साउन । नेपालको पहिलो उद्योग  विराटनगर जुट मिल्सको सेयर विवाद सुल्टिएको छ । विवाद सल्टाउन सरकारका नाममा ६८ प्रतिशत सेयर कायम गरेपछि मिलको सबै समस्या हल भएको हो ।

लामो समयदेखि रहेको विवादलाई सुल्टाउनका लागि अध्यक्ष वनले मिलमा सरकारको ६८ प्रतिशत सेयर कायम गरेर कम्पनी रजिस्टारको कार्यालयमा अभिलेखिकरणका लागि पठाइ सकेकाले विवाद नरहेको जनाएका छन् ।

पटक पटक विभिन्न बिवादमा रुमलिदै सञ्चालन हुँदै बन्द हुँदै आएको मिल्स् ले २०६५ साल देखिको सेयर विवादलाइ सुल्टाएको छ । सञ्चालक समिति अध्यक्ष वनका अनुसार ‘कुल १ लाख ११ हजार ६ सय ७९ कित्ता सेयरमध्ये सरकारको ६८ प्रतिशत ७६ हजार ४० कित्ता कायम गरिएको छ,’ उनले भने, ‘मिल्सको अधिकृत पुँजी २ करोड, जारी पुँजी १ करोड ८० लाख र चुक्ता पुँजी १ करोड ७८ लाख ७० हजार २ सय ४० रुपैयाँ कायम भयो ।’

 

सरकारको नाममा ६८ प्रतिशत सेयर कायम गर्न सञ्चालक समितिको २०७५ जेठ ३० गते बसेको बैठकले निर्णय गरी प्रक्रिया पूरा गर्न कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाएको बनले बताए । २०७४ असार २४ गतेको विशेष साधारणसभाले २५ हजार कित्ता सेयर बिक्रीको निर्णय गरेको थियो । यो निर्णय अवैधानिक भएकाले खारेज गर्ने निर्णय त्यसपछिको समितिले गरेको थियो ।

०६५ मा मिल्स सञ्चालक समिति अध्यक्ष अशोक पोखरेलले नेतृत्व सम्हालेको केही दिनमा मिल्स बन्द भएको थियो । त्यसपछि सञ्चालन माग गर्दै मजदुर र कर्मचारी आन्दोलनमा उत्रेका थिए । त्यसबेला तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको सम्झौताअनुसार सरकारले सबै कर्मचारी र मजदुरलाई ‘पे–अफ’ गर्ने र मिल्सलाई लिक्विडेसनमा लग्ने निर्णय गरेको थियो ।

मिल्समा कार्यरत १ हजार १ सय ३२ मजदुर र ६५ जना कर्मचारीलाई उपदानसहित अवकाश दिन सरकारका नाममा रहेको ४६ दशमलव ५ प्रतिशतबाट सेयर वृद्धि गरेर ६८ प्रतिशत पुर्‍याए मात्र पे–अफका लागि ५५ करोड ९६ लाख रुपैयाँ उपलब्ध गराउने सरकारले सर्त राखेको थियो । मिल्सको साधारणसभाले सरकारको सर्त मान्दै ६८ प्रतिशत सेयर कायम गर्ने निर्णय गरेको थियो । सरकारले दिएको ऋण सहयोगले २०६६ माघमा कर्मचारी र मजदुरलाई उपदानसहित मिल्सबाट बिदा गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org