दाङमा ग्वारखोलाले बस बगाउदा , १७ घाईते ५ को अवस्था गम्भीर
घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।
डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।
घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछ।
गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती), दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।
त्यस्तै अन्य घाइतेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बसन्तपुर निवासी १९ वर्षीय मिनबहादुर ओली, रुकुमको धर्मशाला गाउँपालिका निवासी ६५ वर्षीय पूर्ण रोका, दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ३५ बर्षीय खलकुमारी बस्नेत, उनका पति ३२ वर्षीय कर्णबहादुर यरी, दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २२ बर्षीय विजय बुढा, सोही ठाउँकै ५१ वर्षीया ज्योती बुढा, कैलाली जिल्लाको लम्कीचुवा गाउँपालिका वडा नं. ४ निवासी १८ बर्षीय सुवाश चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५० वर्षीया विमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३८ वर्षीया दुर्पता परियार, सोही ठाउँकै २८ बर्षीया लक्ष्मी परियार, गाडीका चालक कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा नं. ३ निवासी ५१ बर्षीय पूर्णानन्द भण्डारी र नाम नखुलेका सह–चालक रहेको राप्ती अञ्चल अस्पतालकले जानकारी दिएको छ ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...