ताजा समाचार

दाङमा ग्वारखोलाले बस बगाउदा , १७ घाईते ५ को अवस्था गम्भीर

घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको  ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही-तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछ।

गम्भीर घाइते हुनेमा सुर्खेत दशरथपुर गाउँपालिका २२ वर्षीय दिपक दर्लामी, उनकी पत्नी २२ वर्षीया कृष्णा पौडेल (गर्भवती), दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ डुरूवा गाउँ निवासी २२ वर्षीया पवित्रा पौडेल, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ निवासी ३८ बर्षीया होमा देवकोटा र उनका पति ४० बर्षीय द्रोर्ण देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।

त्यस्तै अन्य घाइतेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बसन्तपुर निवासी १९ वर्षीय मिनबहादुर ओली, रुकुमको धर्मशाला गाउँपालिका निवासी ६५ वर्षीय पूर्ण रोका, दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ३५ बर्षीय खलकुमारी बस्नेत, उनका पति ३२ वर्षीय कर्णबहादुर यरी, दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २२ बर्षीय विजय बुढा, सोही ठाउँकै ५१ वर्षीया ज्योती बुढा,  कैलाली जिल्लाको लम्कीचुवा गाउँपालिका वडा नं. ४ निवासी १८ बर्षीय सुवाश चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी ५० वर्षीया विमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३८ वर्षीया दुर्पता परियार, सोही ठाउँकै २८ बर्षीया लक्ष्मी परियार, गाडीका चालक कैलाली जिल्लाको धनगडी उपमहानगरपालिका वडा नं. ३ निवासी ५१ बर्षीय पूर्णानन्द भण्डारी र नाम नखुलेका सह–चालक रहेको राप्ती अञ्चल अस्पतालकले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org