२३ प्रतिशत घट्यो,दक्षिण कोरिया जाने कामदारको हवाई भाडा
काठमाडाैँ २१,साउन । सरकारले दक्षिण कोरियामा जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत घटाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इपीएस प्रणालीमार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको हवाई भाडा २३ प्रतिशत अर्थात् १२ हजार ९ सय ८० रुपैयाँ घटाइएको जानकारी गराएको हो ।
विभागका निर्देशक कृष्णप्रसाद खनालले गत श्रावण २० गतेदेखि लागू हुने गरी सरकारले दक्षिण कोरियामा जाने कामदारको हवाई भाडा करिव १३ हजार रुपैयाँ घटाएको पनि स्पष्ट पारे ।
यस अघि दक्षिण कोरिया जाने नेपाली कामदारहरुले ५ सय ३० अमेरिकी डलर तिर्दै आएकोमा अव ४ सय ११ डलर मात्रै तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।
हाल वार्षिक ८ हजारको संख्यामा नेपाली कामदार दक्षिण कोरिया जाने गरेका छन । उनीहरुको हितमा हवाई भाडा दर २३ प्रतिशत घटाउने निर्णय गरिएको पनि विभागका निर्देशक खनालले बताए ।
सरकारले वैदेशिक रोजगारलाई सहज बनाउन आवश्यक निर्देशिका नै बनाएर काम अघि बढाएको छ । दक्षिण कोरिया नेपाली कामदारको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।
Comments
अरु समाचार
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु,पाँच जना घाइते
काठमाडौं । दक्षिणी स्लोभाकियामा रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु र अन्य पाँच जना घाइते भएको...
-
हमासलाई सत्ताबाट नहटाएसम्म गाजामा युद्ध जारी रहन्छ: प्रधानमन्त्री नेतन्याहु
काठमाडौं । हमासलाई सत्ताबाट नहटाएसम्म दक्षिणी गाजामा युद्ध नरोकीने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छ । गाजाको रफाहमा जारी आक्रमणको...
-
रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले...
-
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले...
-
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
काठमाडौं । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको...