ताजा समाचार

ने क पाको बिद्यार्थि एकता अन्तिम चरणमा,उपसमितिले प्रतिवेदन बुझायो

काठमाडाैँ २३, साउन ।   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को एकताको निम्ति गठित तीनवटै उपसमितिले बुधबार कार्यदललाई आ-आफ्ना प्रतिवेदन बुझाएका छन् ।

 

उपसमितिले बुधबार ४ सदस्यीय कार्यदललाई प्रतिवेदन बुझाएका क्रान्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले जानकारी दिए । कार्यदलमा पर्यटनमन्त्रीसमेत रहेका नेकपा नेता रविन्द्र अधिकारी, रमेश मल्ल, अनेरास्ववियु अध्यक्ष नविना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ छन् ।
नेता अधिकारीले उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया तीव्र गतिमा अघि बढाउने बताए । अन्तरिम विधान मस्यौदा उपसमितिले बुझाएको विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ । तर, महाधिवेशनबाट भने १९९ सदस्यीय समिति बनाउने प्रस्ताव गरिएको उपाध्यक्ष भण्डारीले बताए ।
उनका अनुसार विधान मस्यौदामा केन्द्रीय कार्यालय, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय समितिसहितको तहगत संरचना प्रस्ताव गरिएको छ । एकतापछि संगठनको नाम के राख्ने भनेबारे अझै टुंगो नलागेको उपाध्यक्ष भण्डारीले ले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org