ताजा समाचार

सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संसदमा पठाउने निर्णय

काठमाडाैँ २४, साउन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको छ ।

विहिबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरि संशोधनसहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । समितिको बैठकको सभापतित्व गरेका जेष्ठ सदस्य दिलेन्द्रप्रसाद बडुले संशोधनसहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

सदस्यहरु सञ्जय गौतम र मिनाक्षी झाले मुल ऐनको दफा १२ को प्रस्तावित संशोधनमा सम्भव भएसम्म भन्ने शब्द झिक्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । गौतम र समिति सदस्य देवेन्द्र कँडेलले नजरबन्दमा राखिएका व्यक्तिलाई छोड्नुपर्दा उनको परिवार वा नजिकको नातेदारलाई रोहबरमा राख्नु उपयुक्त हुने भन्दै त्यहाँ उल्लेखित सम्भव भएसम्म भन्ने शब्द झिक्नुपर्ने धारणा राखेका थिए ।

समितिबाट सर्वसम्मति पारित भएको सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक २०७५ आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org