नेपालकै सर्वाधिक ठूलो ग्राइन्ड-३ पुल पार्टी भैरहवामा
काठमाडाैँ २५, साउन । इभेन्ट म्यानेजमेन्ट कम्पनी पार्टी नेपालले आगामी भदौ २९ र ३० गते टाइगर प्यालेस रिसोर्ट, भैरहवामा ‘ग्राइन्ड ३ इडिसन’ आयोजना गर्ने भएको छ।
यस अघि सफलरुपमा पूल पार्टीको दुई संस्करण सफलरुपमा आयोजना गरेको पार्टी नेपालले मंगलबार आयोजित प्रेस मिटमा अहिलेसम्मकै ठुलो पूल पार्टी भैरहवाको टाइगर प्यालेस रिसोर्टमा हुने जानकारी दिएको छ ।
यो पूल पार्टी नेपालकै ठुलो स्विमिङ्ग पुलमा हुन् गैरहेको भन्दै काठमाडौँको व्यस्त जीवनशैलीका बीच मनोरंजनको समय नभएको अवस्थामा यो ग्राइन्ड पार्टी सहि ठाउ हुने आयोजकले विश्वास लिएका छन्। यो पार्टी नेपालको अहिलेसम्म कै ठुलो र एक्सक्लुसिभ पार्टी हुने बताइएको छ।
काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतमबुद्ध विमानस्थलसम्म चार्टर प्लेनबाट टाइगर प्यालेस रिसोर्ट लगिने जानकारी दिइएको छ। आगामी १४ र १५ सेप्टेम्बर अर्थात भाद्र २९ र ३० गते हुने यस पूल पार्टीमा नेपालका चर्चित डिजे तथा अन्य लाइभ प्रस्तुति पनि हुने बताइएको छ। आयोजकका अनुसार पूल पार्टीका लागि ७ हजार देखि एक लाख ५० हजार सम्मको टिकट दर राखिएको छ भने अगस्ट २५ सम्म टिकट किन्नेका लागि १० प्रतिशत छुट दिने बताइएको छ।
पार्टी नेपालले विगत १५ बर्षदेखि नेपाल तथा विदेशमा विभिन्न पार्टी आयोजना गर्दै आएको छ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...