ताजा समाचार

नेपालकै सर्वाधिक ठूलो ग्राइन्ड-३ पुल पार्टी भैरहवामा

काठमाडाैँ २५, साउन । इभेन्ट म्यानेजमेन्ट कम्पनी पार्टी नेपालले आगामी भदौ २९ र ३० गते टाइगर प्यालेस रिसोर्ट, भैरहवामा ‘ग्राइन्ड ३ इडिसन’ आयोजना गर्ने भएको छ।

  यस अघि सफलरुपमा पूल पार्टीको दुई संस्करण सफलरुपमा आयोजना गरेको पार्टी नेपालले मंगलबार आयोजित प्रेस मिटमा अहिलेसम्मकै ठुलो पूल पार्टी भैरहवाको टाइगर प्यालेस रिसोर्टमा हुने जानकारी दिएको छ ।

यो पूल पार्टी नेपालकै ठुलो स्विमिङ्ग पुलमा हुन् गैरहेको भन्दै काठमाडौँको व्यस्त जीवनशैलीका बीच मनोरंजनको समय नभएको अवस्थामा यो ग्राइन्ड पार्टी सहि ठाउ हुने आयोजकले विश्वास लिएका छन्। यो पार्टी नेपालको अहिलेसम्म कै ठुलो र एक्सक्लुसिभ पार्टी हुने बताइएको छ।

काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतमबुद्ध विमानस्थलसम्म चार्टर प्लेनबाट टाइगर प्यालेस रिसोर्ट लगिने जानकारी दिइएको छ। आगामी १४ र १५ सेप्टेम्बर अर्थात भाद्र २९ र ३० गते हुने यस पूल पार्टीमा नेपालका चर्चित डिजे तथा अन्य लाइभ प्रस्तुति पनि हुने बताइएको छ। आयोजकका अनुसार पूल पार्टीका लागि ७ हजार देखि एक लाख ५० हजार सम्मको टिकट दर राखिएको छ भने अगस्ट २५ सम्म टिकट किन्नेका लागि १० प्रतिशत छुट दिने बताइएको छ।

पार्टी नेपालले विगत १५ बर्षदेखि नेपाल तथा विदेशमा विभिन्न पार्टी आयोजना गर्दै आएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org