ताजा समाचार

भरत शमशेरकाे निधनमा काँग्रसले तीन दिनसम्म आधा झण्डा झुकाउने

काठमाडाैँ २७, साउन ।  नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरत शम्शेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । आइतबार आकस्मिक बसेको केन्द्रीय कार्यसमिति बैठकले राणाको सम्मानस्वरुप साउन  २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र  १३ औँ दिन (भदौ ६) मा शोकसभा केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको शोक प्रस्ताव पारित गरेको छ ।
बैठकपछि काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा पुराना तथा अग्रज नेता राणाको निधनले काँग्रेस मर्माहत भएको उल्लेख छ । राणाको साउन २५ गते कोलकातामा निधन भएको थियो ।
वीपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो संसदमा गोर्खा परिषद्को नेताको हैसियतले राणा प्रमुख प्रतिपक्षी दलको नेता थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org