ताजा समाचार

६ महिना नपुग्दै सरकार असफलसिद्ध भइसकेको दावी : नेता पाैडेल

काठमाडाैँ ३१, साउन ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका  नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गरेका छन्।

नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भइसकेको दावी गरे । उनले  सरकारले एउटा पनि उल्लेख्य काम नगरेको दाबी गर्दै न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए ।

शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ । बिहिबार पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे ।

उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए ।

उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी पनि गरे ।

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधि काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org