इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो
जाकार्ता ३१, साउन । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् ।
यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको ती अधिकारीले जानकारी दिएका छन् ।
उक्त भूकम्पबाट भएको क्षतिको अझै पूर्ण विवरण प्राप्त भएको छैन । उद्धारकार्य अझै पनि जारी रहेकाले हालसम्मको क्षतिको सबै तथ्याङ्क प्राप्त नभएको जानकारी ती अधिकारीले दिएका छन् ।
भूकम्पपछि कैयौँ स्थानमा पहिरो गएको बताइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत अगष्ट ५ मा ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।
यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...