ताजा समाचार

कर्मचारि समायोजनकै लागि, लोकसेवा आयोग बन्द हुँदैनः मन्त्री पण्डित

काठमाडाैँ १, साउन ।  सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबू पन्डितले लोकसेवा आयोग बन्द नहुने बताएका छन् । बिहिबार काठमाडौमा भएको समृद्ध र सुशासनका लागि तहगत सरकारबीच समन्वय र अन्तरसम्बन्धबारे  अन्तरक्रिया कार्यक्रम्मा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकसेवा आयोग बन्द हुँदैछ भनेर भ्रम फैलाएको आरोप लगाए ।  उनले आयोग बन्द गर्न लाग्यो भनेर परिक्षाको तयारीमा लागेका कर्मचारीलाई उराल्ने काम गर्न खोजेको समेत उल्लेख गरे ।

उनले भने,‘केही पत्रकार मित्रले यत्रा यत्रा अक्षरमा आयोग बन्द गर्न लाग्यो भनेर कर्मचारी लाई उराल्न खोजेका छन । आयोग को परीक्षा बन्द हुदैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org