ताजा समाचार

जोशीले थपे १६ दिन विदा, मिश्रलाई अयोग्य सावित गराउन शक्तिकेन्द्रको भर !

काठमाडाैं ९, भदाै । संसदिय सुनुवाई समितिले अस्विकृत गरेका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीले फेरि १६ दिनका लागि उनले तेस्रो पटक बिदा लिएको सर्वोच्च स्रोतले बताएको  छ ।

यता संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश आेमप्रकाश मिश्रलाई सिफारिस गरिसकेको छ । उनले नियमित पेशी तोक्ने काम गरिरहेका छन भने, सर्वोच्च प्रशासनले मिश्रलाई कामू प्रधानन्यायाधीशमा स्थापित गरिसकेको छ ।

सर्वोच्च प्रशासनका एक कर्मचारीका अनुसार, मिश्रको पनि जोशिको जस्तै बखेडा निस्किने प्रशस्त ठाउ रहेको छ । यसअधि नै  मिश्रको पनि मार्कसिट लगायतका कुरामा विवादित कुरा बाहिर आईसकेको छ। तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री आेली मिश्रलाई विना कुनै अवरोध प्रधानन्यायाधीशमा अनुमोदन गरेर सर्वोच्चलाई थप राजनीतिकरण नगर्ने दाउमा छन भने यत अर्का अध्यक्षचोलेन्द्रशम्शेर राणालाई बनाउने पक्षमा देखिएको नेकपा उच्च स्रोतले जनाएको छ ।

अस्विकृत भएका जोशी भने सर्वोच्च अदालतबाट राजिनामा दिनुको सट्टा लड्ने तर यत्तिकै नछाड्ने मनस्थितिमा पुगेको बताइन्छ । उनी अहिले आफ्नो निर्णयमा एकमत हुन नसक्दा बिभिन्न शक्तिकेनन्द्र धाउनमै व्यस्त रहेका छन् । यसै क्रममा उनलाई अधिकांशले राजीनामा दिएर  सम्मानित निस्किनुको विकल्प नभएको भन्दा उनमा केहि निराशा भने छाउने गरेको छ ।

सरकारले मिश्रलाई सर्वोच्चको नेतृत्व सुम्पिने तयारी गरिरहेका बेला यता जोशी सर्वोच्चमा भुइचालो ल्याएर मात्रै निस्कने सोचमा पुगेका छन् ।

स्रोतका अनुसार नेकपा भित्रै सर्वोच्चको नेतृत्वलाई लिएर घम्साघम्सी परेोक छ तर, यसको समाधानको लागि बने दुवै अध्यक्षलाई जिम्मेवारी दिइसकेको जनाइएको छ ।

विदामा विदा थप्दै गएका जोशी पर्ख र हेरको स्थितिमा भन्दा पनि चलखेलका लागि शक्तिकेन्द्र धाउदैमा व्यस्त छन् । उनले सर्वोच्चमा खतरा निम्तिने स्पष्ट संकेत दिनकालागि विदा लिएको सर्वोच्च प्रशासनका एक कर्मचारी बताउछन् । यस्तै अवस्था रहेमा मिश्रलाई समेत प्रधान्यायाधीस बन्न नदिएमा मात्रै पनि जोशीले जितेको मान्नेछन्।

अहिले जोशी र मिश्रको पानीबाराबारको स्थिति रहेको स्रोतले जनाएको छ । जोशीलाई अप्ठेरो परेको बेला मिश्रले सर्वोच्चमा पेशी तोकेर कायममुकायम प्रधानन्यायाधीशको आफ्नो भूमिका खोसेको सम्झेका जोशी जसरी पनि मिश्रलाई अयोग्य ठहर्याउन गृहकार्य गर्नका लागि विदा लिएका हुन् । जोशी मिश्रसंग रिस साँधेर कुनै पनि हालतमा अयोग्य सावित गराएर आनन्दको श्वास लिएर सर्वोच्चबाट विदा हुने अन्तिम प्रयासमा लागेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org