कञ्चनपुरमा पाँच घण्टाका लागि हटाइएको कर्फ्यू पुनः सुचारु
कञ्चनपुर १०, भदाै । कञ्चनपुरमा पाँच घण्टाका लागि हटाइएको कर्फ्यू पुनः सुचारु भएको छ। आज बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो।
आज रक्षाबन्धन तथा स्थानीयहरुलाई किनमेलका लागि भनेर कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहान १० बजेदेखि पुनः कर्फ्यू सुचारु भएको छ।
कर्फ्यूका क्रममा हिँड्डुल गर्न, भेला हुन, सवारी चलाउन, व्यापारव्यवसाय सञ्चालन गर्नेलगायतका काम गर्न पाइँदैन। यस अवस्थामा प्रशासनको अनुमतिबीना तथा शंकाष्पद कार्य गरेको भेटिएमा प्रहरीले तत्कालै कारबाही गर्न पाउने अधिकार हुन्छ।
तर अत्यावश्यक बाहन अन्तर्गत एम्बुलेन्स तथा मलामी बोकेका सवारीलाई भने कुनैपनि रोकतोक नगरिने प्रहरीले जनाएको छ।
भीमदत्त नगरपालिका–२ खोल्टीकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि नगर क्षेत्रमा शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो।
५ घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षाबन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको थियो। नगरक्षेत्रमा सवारी साधनहरुको पनि चहलपहल बढेको थियो। यसबीचमा भीमदत्त नगरपालिका बजार क्षेत्रको अवस्था समान्य रहेको बताइएको छ।
सरकारले शनिबार बेलुका कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको थियो। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवार तथा बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। सोही घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि खुन्नाको शुक्रबार मृत्यु भएको थियो। बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूकोे निःशुल्क उपचार गर्नेसमेत निर्णय पनि गरेको छ।
घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिलाई समिति गठन भएपछिको घटनाको छानबिन गर्न पनि अख्तियारी दिने निर्णय भएको छ ।
त्यसैगरी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।
शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो।
मन्त्रिपरिषद् बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्नेसमेत निर्णय गरेको थियो।
निर्मलाको बलात्कार तथा हत्यामा उनका निकट व्यक्तिको संलग्नताको आशंका गरिएको छ। प्रहरीले पन्तको बलात्कार तथा हत्या आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
तर, घटनामा उनको संलग्नताको प्रमाण दिन सकेको छैन। गृहले सहसचिवको नेतृत्वमा जिल्लामा छानबिन टोली पठाइसकेको छ।
गत साउन १० गते साथी रोशनी बमको घरमा पढ्न जाँदा निर्मलाको हत्या भएको थियो। प्रहरीले रोशनीलाई शनिबार मात्र पक्राउ गरेको छ। सुरुदेखि नै प्रहरीले शंकास्पद व्यवहार देखाएको भन्दै स्थानीय प्रहरीप्रति आक्रोशित भइरहेका छन्।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...