ताजा समाचार

राष्ट्रियसभाको समिति सभापतिका लागि आज मनोनयन,को को छन सभापतिका उम्मेदवार

काठमाडाै १२,भदाै । राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनमा लागि आज मनोनयन हुँदैछ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको छ। सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ।

एक प्रस्तावक र समर्थकसहित उम्मेदवार दर्ता गर्न सकिनेछ। सत्तारुढ दलको सहज बहुमत रहेको सभामा चारवटै समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सदस्यहरुले उम्मेदवारी दिँदैछन्।

राष्ट्रियसभामा चार विषयगत समिति छन्। जसमा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति, र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्। चारमध्ये एक समिति सभापति अनिवार्य रुपमा महिला हुनुपर्ने नियमावलीमा व्यवस्था छ।

सत्तारुढ नेकपाले मनोनयनका लागि करिब उम्मेदवार टुंगो लगाइसकेको छ। चार उम्मेदवारमा पर्शुराम मेघी गुरुङ, भैरवसुन्दर श्रेष्ठ, रामनारायण बिडारी र दिलकुमारी रावल थापा (पार्वती) रहेका छन्।

नेकपा स्रोतका अनुसार दिगो विकासमा श्रेष्ठ, विधायन व्यवस्थापनमा गुरुङ, प्रत्यायोजित व्यवस्थापनमा बिडारी र राष्ट्रिय सरोकारमा थापाको नाम सभापतिमा प्रस्तावित छन्।

५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन्। विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। सभामा सत्तारुढ दलको दुई तिहाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org