रोजगारी दिदै प्रदेश सरकार: मधेश आन्दोलनका शहीद परिवारलार्इ
काठमाडाैं १२,भदाै । प्रदेश २ सरकारले मधेस अान्दोलनका शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको हो ।
सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस अान्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको छ ।मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । ‘हामी आव्हान गरी सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’ उनले भने ।
यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाईसमेत रोजगारी दिइएको थियो ।
मुख्य न्यायाधीवक्ता कार्यालयले हालसम्म दुर्इजना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ ।
निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।
Comments
अरु समाचार
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
भंगाहका मेयरको आर्केस्ट्रामा दादागिरीः युवामाथि कुटपीट र मोबाइल जफत
काठमाडाैं । महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल...
-
वीरगञ्ज महानगरद्वारा रु ६१ करोड ४७ लाख राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा रु ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ राजस्व सङ्कलन गरेको...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
मधेसमा नयाँ सरकार गठनका लागि जनमतका सतिश सिंहको नेतृत्त्वमा मुख्यमन्त्रीको दाबी पेस
काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्त्वमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री न्युक्तीका लागि...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...