राष्ट्रियसभा बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश
काठमाडाैं १२, भदाै । राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गरेका हुन् । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो ।
मन्त्री ढकालले संविधान, सर्वोच्च अदालतको नजिर र अन्तर्राष्ट्रिय सन्धि सम्झौतालाई आधार बनाएर विधेयक संशोधन गरिएको बताउँदै विधेयकलाई सकारात्मक रुपमा अगाडि बढाउन आग्रह गरे । प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद रामनारायण विडारीले सरकार, प्रहरी तथा प्रशासनलाई कर्तव्यबोध गराउनका लागि र राज्यले अनाहकमा दिने याताना रोक्नका लागि आएको संशोधन ठिक रहेको बताए ।
सांसद् राधेश्याम अधिकारीले नेपालको संविधान, सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त, कानूनको सर्वमान्य सिद्धान्तअनुसार सामाजिक सुरक्षा विधेयक संशोधन गर्नुपरेको धारणा व्यक्त गरे । कानूनमन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ माथि दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले दफाबार छलफलका लागि विधायन समितिमा पठाउने स्विकृति दियो ।
बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका थिए । राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोवारविरुद्ध सहयोग सम्बन्धी बिम्स्टेक महासन्धि’ टेबुल गरेका थिए ।
विशेष समय
राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा सांसद् राधेश्याम अधिकारीले प्रधानमन्त्रीले सम्पादकसँग गर्नुभएको संवादको प्रसंग उल्लेख गर्दै जनतामा रहेको निराशा हटाइ आशा जगाउने काम सरकारको भएको बताए ।
नेकपा (माओवादी) का पूर्व लडाकू लेनिन विष्ट विदेश जाने बेलामा विमानस्थलबाट फर्काइएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै उनले यसमा सामान्य नागरिकको मानवअधिकार हनन् गरेको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई अदालतको आदेशपछि पनि पटक÷पटक थुनिएकोबारे जानकारी गराउँदै सांसद अधिकारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन भए करका सम्बन्धमा देखिएका समस्या हुने भएकाले तत्काल यसमा ध्यान दिन आग्रह गरे ।
सांसद् हरिचरण शिवाकोटीले एकात्मक व्यवस्थामा बनेको कर्मचारीतन्त्रका कारण संविधानले अङ्गिकार गरेको समाजवाद उन्मुख समृद्धितर्फ जान कठिन भएको आरोप लगाए । मुलुकको आर्थिक अवस्थाअनुसर राजनीतिक नेतृत्वले कतिसम्म सुविधा लिन उचित हुन्छ भन्ने निश्चित गर्नुपर्ने गर्नुपर्नेमा जोड दिँदै उनले पूर्व पदाधिकारीले घरमा सुरक्षाकर्मी राखेर अधिकारको दुरुपयोग गरेको बताए ।
सांसद् वृषेशचन्द्र लालले आपराधीलाई कानून र प्रहरीसँग डर नभएका कारण मुलुकभर महिलामाथि हिंसा बढ्दै गएकाले गृह मन्त्रालय गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । उनले अबोध बालबालिकामाथि बलात्कार र हत्या बढ्नु मुलुकका लागि गम्भीर चुनौती भएकाले यस्ता घटना हुन नदिन गृहमन्त्रीसँग के रणनीति छ जानकारी गराउन आग्रह गरे ।
सांसद् कोमल ओलीले आफू विदेशमा रहँदा त्यहाँ रहेका नेपाली नागरिकले मुलुकमा समृद्धिको चाहाना राखेको र मुलुकमा राजीतिक स्थिरतापछि आशा पलाएको आफूले पाएको बताए । यहाँ हुन लागेको बिम्स्टेकको चौंथो शिखर सम्मेलन मुलुकका लागि गौरवको विषय भएको र उक्त सम्मेलन सम्पर्कसञ्जालका दृष्टिले उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्दै उनले विदेशी विशिष्ट पाहुनाको आगमनले नेपालको पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे ।
सांसद् रामप्रित पाशवानले प्रदेशलाई दिएको अधिकारबारे ध्यानाकर्षण गराउँदै प्रदेश नं २ मा राजपत्रमा प्रकाशित गरी बकर इद र रक्षा बन्धनका दिन दिएका बिदा जनकपुरस्थित राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयकाले अवज्ञा गरेको घटनाले केन्द्रीय सरकारमा अmझै पुरानतवादी सोच कायम रहेको देखिएको आरोप लगाए । उनले यस घटनाले सङ्घीयता कमजोर हुने अरोप पनि लगाए ।
सांसद् रामलखन चमारले सुस्तावासीले भोगिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै विकास निर्माणका काममा अनियमितता गर्नेलाई कारवाही गर्नका लागि प्रभावकारी अनुगमन टोली बनाउन माग गरे । बिम्स्टेक सम्मेलनमा भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारले पहल गर्नुपर्नेमा पनि उनले जोड दिए ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...