पश्चिम सेतीबाट चिनियाँ कम्पनि थ्री गर्जेजले किन झिक्दैछ हात ?
काठमाडाैँ १६,भदाै । पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे ६ वर्षअघि हस्ताक्षर गरेको प्रारम्भिक सहमतिबाट चीनले हात झिक्न चाहेको समाचार साउथ चाइना मोर्निङ पोष्टमा समाचार छापिएपछि ठूलो तरङ्ग पैदा भएको छ । यसको तरङ्ग छिमेकी राष्ट्र भारतसम्म पुगेको छ ।
चीनको थ्री गर्जेज कर्पोरेसनको सब्सिडरी कम्पनी सीडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले सन् २०१२ मा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयु) मा हस्ताक्षर गर्दैै परियोजनाको जिम्मा लिएको थियो । तर, अहिले कम्पनीको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली अधिकारीहरुलाई ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना पुनर्स्थापना र पुनर्वासको उच्च लागतको कारण आर्थिकरुपमा अनुपयुक्त रहेको बताएको छ ।
नाम नलिने सर्तमा लगानी बोर्डका अधिकारीलाई उद्धृत गर्दै साउथ चाइना मोर्निङ पोष्टले अब नेपाल विद्युत प्राधिकरणसँग गरेको एमओयु र अन्य समझदारी रद्द गरिनुपर्ने भएको बताएको छ ।
यो सम्झौतालाई बचाउन अन्तिम प्रयास स्वरुप अर्थमन्त्री युवराज खडिवडा तथा उर्जामन्त्री वर्षमान पुनले १.२ बिलियन अमेरिकी डलर लागत रहेको आयोजनाको उत्पादन क्षमतालाई सोही रकममा प्रस्तावित ७५० मेगावटबाट ६ सय मेगावाटमा झार्ने र उर्जा खरिद सम्झौतालाई १० वर्षबाट १२ वर्ष पुर्याउने प्रस्ताव अघि सारेको पनि समाचारमा उल्लेख गरिएको छ ।
‘नेपालले गरेको नयाँ अफरले केही चाँसोहरु सम्बोधन हुने भए पनि विस्थापितहरुको पुनर्स्थापना र पुनर्वास र दुर्गम क्षेत्रबाट काठमाडौँसम्म ट्रान्समिसन लाइन ल्याउन प्राविधिकरुपमा कठिन र आर्थिकरुपमा महङ्गो हुने थ्री गर्जेजको टिमले बताएको छ,’ लगानी बोर्डका ती अधिकारीले भने, ‘चिनियाँहरु आफ्नो अडान परिवर्तन गर्न अनिच्छुक थिए ।’
सन् २०१२ मा भएको पश्चिम सेतीबारे एमओयुले भारतको एकाधिकारजस्तै रहेको नेपालको जलविद्युत क्षेत्रमा नेपाल र चीनको सहकार्यको सुरुवातको रुपमा लिइएको थियो । अस्ट्रेलियाको स्नोई माउन्टेन कम्पनीले उक्त परियोजनाका लागि पर्याप्त लगानी जुटाउन नसकेको एक वर्षपछि चीन नेपालको जलविद्युत क्षेत्रमा प्रवेश गरेको थियो ।
हुनतः पश्चिम सेतीबारे नेपाल र चीनबीच केही समयदेखि दोहोरी चल्दै आएको थियो । चीनले त नेपालले पश्चिम सेती परियोजनाको सम्झौता रद्द गर्न लागेको समाचारको खण्डन नै गर्न परेको थियो । मे २९ मा ल्याइएको सन् २०१८–१९ को वजेटमा पश्चिम सेती परियोजनालाई ‘घरेलु स्रोत’ मा निर्माण गरिने उल्लेख गरिएपछि चीनको सिन्हवा न्युज एजेन्सीले चिनियाँ लगानीमा पर्ने सम्भावित नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गरेको थियो ।
यो निर्णयले भारतसँग रहँदै आएको परनिर्भरता अन्त्य गर्न चिनियाँ लगानी भित्र्याउने आशामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने यो निर्णय ठूलो झड्का हुनसक्छ । जलविद्युत मात्र नभएर नेपाल चीनसँग सडक र रेल सञ्जालमा सहकार्य गर्ने प्रयासमा छ । अघिल्लो सरकारले रद्द गरेको १२ सय मेगावाटको बुढीगण्डकी परियोजना वर्तमान सरकार पुनः चिनियाँ कम्पनीलाई दिने तयारीमा रहेको छ । तर, पश्चिम सेतीबाट चीनले हात झिकेपछि बुढी गण्डकीको भविष्यमाथि पनि कालो बादल मडारिएको छ
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...