एप्पलले आफ्नो नयाँ आइफोन सेप्टेम्बर १२ मा सार्वजनिक
काठमाडाैँ १७,भदाै । लामो पर्खाईपछि अन्ततः आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ ।
एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने उक्त मितिको भव्य समारोहका लागि मिडियाहरुलाई निम्तो प्रेषित गर्न सुरु गरेको छ ।
सोही निमन्त्रणका आधारमा नयाँ आइफोन सार्वज्निक हुने मितिको खुलासा भएको हो । यद्यपि एप्पलले उक्त समारोहमा सार्वजनिक हुने प्रडक्टहरुको बारेमा केही खुलासा गरेको छैन ।
एप्पलले हरेक वर्ष सेप्टेम्बर महिनामा विशेष समारोहको आयोजना गरी आफ्ना नयाँ प्रडक्टहरु सार्वजनिक गर्ने गर्दछ ।
निमन्त्रणामा उल्लेख भए अनुसार १२ सेप्टेम्बरको राति साढे १० बजे एप्पलको विशेष कार्यक्रम हुनेछ ।
एप्पलले आइफोन एक्स प्लस, आइफोन एक्स एस तथा ६.१ इन्चको स्क्रिनवाला एलसिडी फोन एकसाथ सार्वजनिक गर्ने बताइएको छ ।
अघिल्लो वर्षझैँ यो पटक पनि बुधबारको दिन एप्पलको विशेष समारोह हुनेछ । एप्पलको परम्परा अनुसार नै अमेरिकामा १४ सेप्टेम्बर शुक्रबार देखि नयाँ आइफोनको पि्रअर्डर सुरु हुने अनुमान गरिएको छ । त्यस्तै सेप्टेम्बर २१ देखि नयाँ आइफोनकेा बिक्रि सुरु हुने बताइएको छ ।
एप्पलले ल्याउने आइफोन एक्स प्लसमा ६.५ इन्चको स्क्रिन हुनेछ । यो एप्पलको अहिलेसम्मकै ठूलो आइफोन हुनेछ । यो डिभाइसमा ए १२ बायोनिक प्रोसेसरसँगै एमोलेड स्क्रिन, दुईवटा रियर क्यामेरा तथा ब्याट्री हुनेछन् ।
त्यस्तै आइफोन एक्स एसमा ५.८ इन्चको स्क्रिन हुनुका साथै केही कम क्षमताको ब्याट्री रहनेछ । यसलाई एप्पलले आइफोन एक्सको अपग्रेटेड भर्सनका रुपमा लञ्च गर्नेछ ।
त्यस्तै आइफोन एटको अपग्रेटेड भर्सनको रुपमा ६.१ इन्च एलसिडी स्क्रिनको आइफोन पनि एप्पलले ल्याउनेछ ।
तिनवटै आइफोनहरु आइफोन एक्सकै जस्तो डिजाइनका हुनेछन् भने डिस्प्ले नच र ग्लास मेटल बडी हुनेछ ।
तीनवटै स्मार्टफोनमा आइओएस १२ अपरेटिंग सिस्टममा चल्नेछन् । एजेन्सी
Comments
अरु समाचार
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
नेप्से परिसूचक २४.३९ अंकले बढ्यो
काठमाडौं। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले वृद्धि भएर...
-
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार...
-
संघीय संसदको बजेट अधिवेशन आजदेखि, शीर्ष नेताले सम्बोधन गर्दै
काठमाडाैँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३...
-
सुन तोलामा रु आठ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...