६बर्षदेखि उडान भर्दै आएको, एयर एसियाले काठमाडौं उडान बन्द गर्दै
काठमाडौं २१,भदाै । ६ वर्षदेखि क्वालालाम्पुर-काठमाडौं उडान गर्दै आएको बजेट एयरलाइन्स एयर एसियाले दीर्घकालिन रुपमै उडान बन्द गर्ने भएको छ।
वैदेशिक रोजगारीमा जाने कामदारलार्इ लक्षित गर्दै सुरु भएको यो एयरलाइन्सले उडान बन्द गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निवेदन दिइसकेको छ।विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एयर एसियाले आगामी असोज २७ गतेदेखि उडान बन्द गर्न निवेदन दिएको जानकारी दिए।नेपालले जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरेपछि यो एयरलाइन्स घाटामा चलिरहेको थियो।
अहिले यो एयरलाइन्सले सातामा दुर्इ वटा मात्रै उडान गरिरहेको छ।उनका अनुसार काठमाडौं-क्वालालाम्पुर उडानमा ३० देखि ४२ यात्रुमात्रै हुने गरेका थिए।’कम्पनीको नियम अनुसार चार घण्टा भन्दा बढी समय उडान भर्ने गन्तब्यमा ‘एयर एसिया एक्स’ संचालनमा थियो। एयर एसिया एक्समा एयरबस ३३०’वाइडबडी’ मात्र संचालन गर्दै आएको छ। वाइड बडी संचालनमा ल्याउँदा यात्रु कम भएका कारण ठूलो घाटा ब्योहोरेको स्रोतले बतायो। मलेसियाबाट आउने यात्रु भएपनि जाने भने कम थिए।
एयर एसियाले दुईवटा शर्त राख्दै एक वर्षको लागि उडान नगर्ने जानकारी दिएको क्षेत्रीले बताए। क्षेत्रीका अनुसार कम्पनीले मलेसियाको श्रम बजार राम्रो भएमा न्यारोबडी जहाज संचालनमा ल्याउने जानकारी दिएको छ।
प्रतिस्पर्धी बजारले उडान बन्द
एयर एसियाले उडान भर्दा प्रतिस्पर्धा कम थियो।त्यो बेलामा मलेसियन एयरलाइन्स र नेपाल वायु सेवा निगमले मात्रै उडान भर्थे।
त्यो बेलामा बजेट एयरलाइन्सको रुपमा एयर एसियाले राम्रो बजार पायो। तर दुर्इ वर्षअघि बजेट एयरलाइन्स मालिन्दोले उडान सुरु गर्यो। केही समयपछि हिमालय एयरलाइन्सले समेत उडान सुरु गरेपछि बजार थप प्रतिस्पर्धी बनेको थियो। अहिले एनएसीले समेत एयरबस ३३० ल्याएर उडान सुरु गरिसकेको छ।‘केही महिनामै मलेसिया कामदार खुलेपनि टिकटमा प्राइस वार हुने देखिन्छ।
कम्पनीले एक वर्ष भनेपनि तत्कालै एयर एसिया नफर्किने देखिन्छ’स्रोतले भन्यो, अन्तर्राष्ट्रिय पहिचान बनाएका कम्पनीले सधैका लागि बन्द भन्दैनन्।त्यसैले कम्पनीले एक वर्षको समयसीमा दिएको हुनसक्छ।‘ केही समय पहिला कम्पनीले विमानस्थलको शुल्क नतिरेको भन्दै विवादमा पनि पर्यो।विमानस्थलले बक्यौंता नतिरे उडाननै बन्द गर्ने चेतावनीसहित पत्र समेत पठाएपछि कम्पनी विवादमा परेको थियो।एयर एसियाको नेपालको जिएसए इन्सेन्टिभ टुर्स एण्ड ट्राभल हो।
Comments
अरु समाचार
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...