राजपाको सरकारलाई प्रश्न : ‘सिके राउतको भन्दैमा मान्छे मार्न पाइन्छ ?
काठमाडौँ २९,भदाै । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । सो पार्टीले घटनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ ।
संसदको शुक्रबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको भन्दै ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’ भनी प्रश्न गरे ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको यादवले दाबी गरे ।
जवाफमा गृहमन्त्री रामबहादुर थापाले राममनोहर यादव सीके राउत समूहका कार्यकर्ता भएको भन्दै राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले उनलाई पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बताए ।
तर, गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै राजपा सांसद लक्ष्मणलाल कर्णले यादवको मृत्युबारे निश्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्ने प्रतिवद्धता नभएसम्म सदन अघि बबढ्न नदिने चेतावनी दिएलगत्तै उठेर विरोध जनाएका थिए । ‘यादवको रोगबाट मृत्यु भयो भनेर गृहमन्त्रीले भन्नुभयो , त्यो रोग के थियो ? पत्ता लगाउनुपर्दैन ? सिके राउतको मान्छे भन्दैमा यसरी मान्छे मार्न पाइन्छ ? कालो झण्डा देखाउन नपाइने नियम कहाँ छ ?’ कर्णको प्रश्न थियो ।
जवाफमा सभामुखले सल्लाह गरेर समिति गठनको पहल गर्ने बताएपछिमात्रै राजपाका सांसद आसन ग्रहण गरेका थिए ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...