साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन
काठमाडौं, ३१ भदौ । साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालाको सीमामा पुनरावलोकन गरिएको छ । गत शुक्रबार बसको मन्त्रिपरिषदको बैठकले न्युनतम् ज्यालको सीमामा वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई स्वीकृत गरेको हो ।
न्यूनतम ज्याला १ हजार रियाल र खाना भत्ताबापत ३०० रियाल नदिई नेपाली कामदार साउदी लैजान पाइने छैन । तोकिएको तलव सुविधा नभएमा श्रम स्वीकृति नै दिइनेछैन ।
यसअनुसार खाने सुविधासहित नेपाली कामदारको सुविधामा करिब ९ हजार रुपैयाँले वृद्धि भएको छ । यसअनुसार अब नेपाली कामदारलाई ३० हजार रुपैयाँ तलव नदिई साउदी लैजान पाइने छैन । खानका र बस्नका लागि ९ हजारसम्म खर्चिनुपर्नेछ । मन्त्रालय स्रोतकअनुसार साउदी सरकारसँग विभिन्न चरण्मा छलफल गरेर ज्यादरमा वृद्धि गरिएको हो । त्यसका लागि मन्त्री बिष्टले नै पहल गरेका थिए ।
नयाँ तलवमानअनुसार नेपाली कामदारले अधिकतम् ज्याला ११००० रियाल र खानाभत्ता ५०० रियाल पाउनेछन् । नेपाल सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् ।
यस अघि ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० रहेको थियो । नयाँ व्यवस्था अनुसार ज्यालामा २ सय रियाल र खाना भत्तामा १ सय रुपैयाँ गरी ३०० रियाल बढी नेपाली अदक्ष कामदारले पाउनेछन् ।
साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ । साउदी जाने अदक्ष, अर्धदक्ष, दक्ष र व्यवसायिक कामदारका लागि न्यूनतम ज्यालामा नयाँ व्यवस्था भएको हो ।
अब राजपत्रमा प्रकाशित भएको मितिदेखि बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणीकरण हुनेछ ।
साउदी अरेबियाका लागि नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक र अन्य सुबिधाको विवरण
Comments
अरु समाचार
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत,आजै दिउँसो ३ बजे प्रदेशसभामा प्रस्तुत गरिने
काठमाडौं । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ...
-
कोशी ,मधेश,बाग्मती र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा
काठमाडौं । उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले...
-
टीओआर टुंगाे लगाउन आज पनि प्रमुख राजनीतिक दलका नेताहरुबीच छलफल हुँदै
काठमाडौं । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच...