ताजा समाचार

कम्पनी मोडलमा चलेका बसको टिकट बुकिङ खुला, समितिले खोलेन

 काठमाडाैँ ५,असोज ।   कम्पनी मोडलमा सञ्चालन भएका सवारी साधनले दशैं अग्रिम बुकिङ टिकट खुला गरेका छन्। तर, विभिन्न नाममा चलेको यातायात समितिले भने अग्रिम बुकिङ टिकट खुलाएका छैनन्।

समितिमा सञ्चालन रहेको यातायात व्यवसाायीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयसँगै चालकहरूको हडतालको विषयलाई लिएर अग्रिम बुकिङ टिकट खुला नगरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोर्कणप्रसाद उपाध्याले बताए।एकै पटकमा शत प्रतिशतनै बुकिङ टिकट खुला नभए पनि विस्तार २/३ दिन भित्र फुल फेजमा अग्रिम बुकिङ टिकट खुला हुने उनको भनाइ छ।

‘व्यावसायीको असहमतिको विषयमा अहिले प्रधानमन्त्री निवासमा छलफल सुरु हुँदै छ’, उनले भने, ‘छलफलमा सहमतिका साथ अग्रिम बुकिङ टिकट खुला हुन्छ।’

यसअघि सरकार र व्यावसायी बीच आजदेखि दशैं अग्रिम बुकिङ टिकट खुल्ला गर्ने विषयमा सहमति भएको थियो।

तर, व्यवसायी टिकट खुला गर्ने सहमतिपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै विरोध गरिरहेका छन्। बिहीबार बेलुका व्यवसायीले मूल्य वृद्धि फिर्ता नभएसम्म अग्रिम बुकिङ टिकट खुला नगर्ने निर्णय गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org